काठमाडौं । भारतको गुजरात राज्यस्थित वडोदरा नजिकै महिसागर नदीमा बनेको पक्की पुल बुधबार बिहान भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनाको समयमा पुलमाथिबाट गुडिरहेका पाँचवटा सवारीसाधन नदीमा खस्दा मानवीय क्षति भएको हो।
दुर्घटनामा दुईवटा ट्रक, दुईवटा कार र एक रिक्सा पुल भत्किएर नदीमा खसेका थिए। अर्कोतर्फ एक पानी ट्यांकर भने भत्किएको पुलको छेउमै अड्किएको जनाइएको छ।
स्थानीय बासिन्दाहरूको सक्रियतामा ८ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धारकार्यमा दमकल विभागका तीनवटा टोली खटिएको छ। घाइतेमध्ये ६ जनालाई पादरा अस्पतालमा र अन्य २ जनालाई वडोदरास्थित सयाजी अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनाको कारण ४५ वर्ष पुरानो उक्त पुलमाथि पुनः प्रश्न उठेको छ। मध्यगुजरातलाई सौराष्ट्रसँग जोड्ने प्रमुख मार्गको रूपमा रहेको यो पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता दक्षिण गुजरातका सहरहरूबाट सौराष्ट्र जान अब यात्रुहरूले अहमदाबाद हुँदै लामो बाटो प्रयोग गर्नुपर्नेछ।
स्थानीय बासिन्दाहरूले प्रशासनको चरम लापरबाहीले दुर्घटना निम्त्याएको आरोप लगाएका छन्। उनीहरूका अनुसार पुलको अवस्था जिर्ण रहेको र समयमै मर्मत गर्न पटक–पटक जानकारी गराइएको भए पनि प्रशासनले बेवास्ता गरेको बताइएको छ।
ब्कप ऋजबतन्एत्






















Discussion about this post