एसईई नतिजा ०८१ कञ्चनपुरका पाँच विद्यालय निल : १ सय ३ विद्यार्थीको भविष्य चौपट

कञ्चनपुर, २८ असार । माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका पाँच विद्यालय निल भएका छन । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८१को तथ्याङ्क अनसार जिल्लाका पाँच विद्यालय निल भएका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई केन्द्रको तथ्याङ्क अनुसार भीमदत्त, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिका पाँच विद्यालयले सुन्य नतिजा ल्याएका छन ।

भीमदत्त नगरपालिकामा १ निजी विद्यालय, लालझाडी गाँउपालिका १ सरकारी विद्यालय, पुनर्वास नगरपालिका २ र बेलौरी नगरपालिका १ सामुदायिक विद्यालयले सुन्य नतिजा ल्याएका हुन । भीमदत्त १० सुकासालको कस्मोपोलिटिन बोडिङ्ग स्कुलका १९ मध्ये पुरै विद्यार्थी फेल भएका छन ।

पुनर्वास नगरपालिका १ अशुबर्माबस्तीको शान्ति मावि र पुरैनाकोे रामबुद्ध माविका पुरै विद्यार्थी फेला भएका छन । शान्ति माविका १७ , रामबुद्ध माविका ११ बेलौरी नगर ४ को गणेश माविका २० विद्यार्थी र लालझाडी गाँउपालिका १ नौरङ्गाको शारदा राष्ट्रिय माविले ३६ विद्यार्थी पुरै फेल भएका छन ।

शैक्षिक सत्र ०८० मा जिल्लाको एक नमुना सहित ९ सरकारी विद्यालयको नतिजा सुन्य ल्याएका थिए । गत शैक्षिक सत्र ०८१ मा ९ बाट झरेर ५ विद्यालयमा सुन्यमा पुगेका छन ।

विद्यालयको नतिजा नै सुन्य आएपछि जिल्लाका एक निजी चार सरकारी गरी पाँछ विद्यालयका १सय३ विद्यार्थीकोे भविष्य चौपट भएको छ । आफ्ना सन्तानले अध्ययन गर्ने विद्यालयको नतिजा नै सुन्य आएपछि विद्यार्थी मात्रै नभई अभिभावक समेत हैरान भएका छन ।

०८१ मा पनि लालझाडी गाँउपालिका, पुनर्वास र बेलौरी नगरपालिकाले सुन्य नतिजा ल्याउनमा निरन्तरता दिएका छन । ०८० मा पुनर्वास नगरपालिका ७ को बालबागेश्वरी मावि, लालझाडी गाँउपालिका ३ छोटी पर्सियाको सरस्वती मावि, लालझाडी ४ जाईको बैजनाथ मावि र बेलौरीको जन नमुना माविले सुन्य नतिजा ल्याएका थिए ।

०८१ मा जननमुनाले १७मा २ विद्यार्थी उर्तिण गराउन सफल भएको छ, भने अधिल्लो शैक्षिक सत्रमा १६ पुरै विद्यार्थी फेल भएका थिए । ०८० मा सुन्य नतिजा ल्याएको भीमदत्त नगरपालिका १५ खैरभट्टीको लक्ष्मी माविले ०८१ मा ६ र भीमदत्त १९ बागफाँटाको पञ्चकृत माविले ३ विद्यार्थी उर्तिण गराउन सफल भएको हो ।

०८० मा शुक्लाफाँटा नगरपालिका ९ सिसैयाका अशिग्रामको सुन्य नतिजा आएकोे थियो, ०८१ मा ८ विद्यार्थी सफल भएका छन । ०८०मा बेदकोट नगरपालिका ४ बैतडाको बालज्योती मावि, १० चतहरीको रत्न माविले सुन्य नतिजा ल्याएकोमा ०८१मा बालज्योतीले ५ र रत्नमाविले १ विद्यार्थी उर्तिण गराउन सफल भएका हुन ।

अभिभावक मदन चन्दले सरकारी विद्यालयमा अति राजनीतिकरण हुँदा एसईईको नतिजा सुन्य आईरहेको बताए । उनले सरकारको ठुलो लगानी हुँदा फेरीपनि विद्यार्थीबाट रकम अशुल्ने, राजनीतिक, आर्थिक स्वार्थले विद्यालयको स्तर बृद्धि गर्ने, सोही अनुरुप विषयगत शिक्षक राख्न नसक्ने शिक्षक, राजनीतिकदेखि बिना कम्पनीमा बिजी हुने, विद्यार्थी मोबाईलमा बिजी हुँदा पछिल्ला दिनहरुमा सामुदायिक विद्यालयको स्तर खस्किएको बताए ।

सुन्य नतिजा ल्याएका विद्यालयमाथि कडाई गर्नुपर्ने उनको सुझाव छ । शिक्षाका सरोकारवाला पक्षले उक्त विषयमा गम्भिर समिक्षा गरेर आगामी दिनमा अघि बढ्नुपर्ने बताए । बेलौरी नगरपालिका शिक्षा शाखा प्रंमुख अमित प्रशाद भट्टले नतिजा सुन्य आएका विद्यालय सहितका सरोकारवालासंग समिक्षा सहित अघि बढिने बताए ।

पुर्व शिक्षक समेत रहेको पुनर्वास नगरका मेयर तोय प्रशाद शर्माले नेतृत्व गरेको स्थानीय सरकारका विद्यालय लगातार सुन्य नतिजा ल्याईरहेका छन । मेयर तोय प्रशाद शर्माले सुन्य नतिजा आएका विद्यालयमाथि कडाई गरिने बताउँदै आगामी दिनमा थप सुरधारका लागि योजना अघि सारिने बताए ।

राष्ट्रिय परीक्षा बोर्डले गत चैत ०८१ पहिलो सातादेखि सञ्चालन गरेको परीक्षामा यहाँबाट नियमिततर्फ आठ हजार ६३९, ग्रेटवृद्धि २ हजार ४७८, प्राविधिक धारतर्फ एक सय ७४ गरेर ११ हजार २९१ विद्यार्थीले फारम भएको र ४५ जना परीक्षामा सहभागी भएका थिएनन्। ११ हजार २४६ मध्ये आधाभन्दा बढी तीन हजार ९९४ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

सात हजार, २५२ विद्यार्थी फेल भएका छन् । ३६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। तर, शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको तथ्यांकमा ग्रेटवृद्धिका विद्यार्थी समावेश गरिएका छैनन्। जम्मा आठ हजार ९२९ विद्यार्थीले मात्रै परीक्षा दिएका छन्।

जसमध्ये ३ हजार ९९४ उत्तीर्ण र चार हजार ८३४ विद्यार्थी अनुत्तीर्ण भएका छन्। शिक्षाको तथ्यांकअनुसार ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण र ५५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार ३.६ देखिमाथि ४ भन्दा कम जिपिए ल्याउने ३९२, ३.२ देखिमाथि ३.६ सम्म जिपिए ल्याउने एक हजार ७५, २.८ देखि ३.२ सम्म जिपिए ल्याउने एक हजार ३७८, २.४ देखि २.८ सम्म जिपिए ल्याउने एक हजार २, २.० देखि २.४ सम्म जिपिए ल्याउने एक सय ४६ र १.६ देखि २ सम्म जिपिए ल्याउने एक मात्रै विद्यार्थी छन्।

परिणाम नराम्रो आएपछि अर्कोलाई आरोप प्रत्यारोपको क्रम बढेको छ । आँगनमै विद्यालय हुँदासमेत नतिजा अन्त्यन्तै नाजुक आउन थालेपछि समग्र शिक्षा प्रणालीमाथि प्रश्न उठिरहेको छ। शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले नतिजा अपेक्षाकृत र उत्साहजनक नआएको बताए। हाम्रा विद्यालयको नतिजा सुधारका लागि राज्यको लगानी त्यसतर्फ नगइरहेको र खाली भौतिक संरचनातर्फ केन्द्रित हुँदा पनि समस्या आइरहेको बताए।

‘हाम्रो लगानी मूलभूत गरेर कक्षाकोठाको पाठ्यक्रमसँग लक्षित हुनुपर्ने थियो, हुन लागेको छैन,’ उनले भने, ‘हामी पाठ्यक्रममा होइन भौतिक संरचना निर्माण केन्द्रित बढी जोडदिन लागेका छौँ, जसले अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन।’

पाठ्यक्रमले निर्दिष्ट गरेअनुरूप विद्यालयमा पठनपाठन हुन नसक्नु पनि विडम्बना भएकाले अब त्यसतर्फ शिक्षकले गम्भीर भएर सोच्नुपर्ने वेला आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित