कृष्णपुर नगरपालिकाबाट निःशुल्क शव वाहन सेवा सुरु, जनतामा राहतको अनुभूति

कञ्चनपुर, कृष्णपुर । कृष्णपुर नगरपालिकाले जनताको सहजता र सेवा प्रवाहलाई मध्यनजर गर्दै निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ। आर्थिक तथा व्यवस्थापकीय सहजता दिलाउने उद्देश्यसहित सेवा सुरु गरिएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए।

नगर प्रमुख ओझाका अनुसार, नगरबासीलाई पहिलो प्राथमिकता दिइए पनि छिमेकी पालिकाका नागरिकहरूले पनि सो सेवा उपयोग गर्न सक्नेछन्। “शव वाहनको अभावमा निजी सवारी प्रयोग गर्नु पर्ने बाध्यता हटाउन हामीले यो कदम चाल्यौं,” उनले भने, “यो सामाजिक उत्तरदायित्वको एक भाग हो, नागरिकको पीडामा साथ दिने हाम्रो प्रयास हो।”

शव वाहन सेवा सुरु भएसँगै अब नगर कार्यालय वा सम्बन्धित वडाबाटै सहज रूपमा सेवा लिइन सकिनेछ। साथै, चालकसँग सिधा सम्पर्क गरेर पनि सेवा लिन सकिने व्यवस्था मिलाइएको छ।

नगरपालिकाले यसअघि पनि नागरिकसँग मेयर कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा, घरदैलोमै स्वास्थ्य सेवा, विपन्न लक्षित कार्यक्रमजस्ता जनमुखी योजना सञ्चालन गर्दै आएको छ। शव वाहन सेवा थपिँदा स्थानीयले नगरपालिका नागरिकमैत्री बन्दै गएको महसुस गरेको प्रतिक्रिया दिएका छन्।

नगरपालिकाको आन्तरिक आयबाट २६ लाख रुपैयाँ खर्चेर खरिद गरिएको शव वाहन सेवा सामाजिक उत्तरदायित्वसँग जोडिएको सकारात्मक पहल भएको भन्दै स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणले स्वागत गरेका छन्। उनीहरूले यस्तो सेवा दुःखद घडीमा ठूलो राहत हुने भन्दै नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित