प्रेस काउन्सिलको आग्रह : “आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट बन्नुहोस्”

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमसम्बन्धी निर्णयहरू लिँदा आफ्नो कानूनी क्षेत्राधिकारप्रति स्पष्ट हुन सम्बद्ध निकायहरूलाई आग्रह गरेको छ। पत्रकार आचारसंहिता, प्रेस स्वतन्त्रता र नियमन सम्बन्धी विषयहरूमा भ्रम सिर्जना हुन नदिन काउन्सिलले सबै सरोकारवालालाई सचेत रहन पुनः अनुरोध गरेको हो।

प्रेस काउन्सिल ऐन, २०४८ को प्रस्तावना, दफा ५ र ७ मा उल्लेखित उद्देश्य, काम, कर्तव्य र अधिकारअनुसार आफू जिम्मेवार रूपमा क्रियाशील रहेको स्पष्ट पार्दै काउन्सिलले पत्रकारिताको मर्यादा, प्रेस स्वतन्त्रताको संरक्षण र आचारसंहिताको कार्यान्वयनमा आफूले खेलेको भूमिकाको पुनः स्मरण गराएको छ।

काउन्सिलका अनुसार, ऐनअनुसार काउन्सिलले पत्रकारिताको विकास, आचारसंहिताको निर्माण तथा कार्यान्वयन, पत्रकारितासम्बन्धी उजुरीको अनुसन्धान र आवश्यक कारबाही, पत्रपत्रिकाको वितरण स्थितिको अभिलेखन तथा प्रेस स्वतन्त्रता माथि हस्तक्षेप भएमा त्यसविरुद्ध प्रयास गर्नु आदि कार्य गर्दै आएको छ।

सञ्चार प्रविधिमा भएको तीव्र विकास र त्यसले पत्रकारिताको स्वरूपमा ल्याएको परिवर्तनलाई ध्यानमा राख्दै काउन्सिलले अनलाइन पत्रकारिता, युट्युब च्यानल लगायत डिजिटल माध्यमसम्बन्धी गतिविधिहरूको अनुगमन, अभिलेख, मेलमिलाप र कारबाहीसमेत गर्दै आएको उल्लेख गरिएको छ। यसका लागि काउन्सिलले २०७५ देखि २०८० सम्मका विभिन्न कार्यविधिहरू निर्माण तथा संशोधन गरी कार्यान्वयनमा ल्याएको छ।

संगठनले प्रेस स्वतन्त्रता तथा पत्रकारितासम्बन्धी गम्भीर विषयहरूमा निर्णय गर्दा काउन्सिलको ऐनभित्रको क्षेत्राधिकारलाई स्पष्ट रूपमा बुझ्न र त्यसको सम्मान गर्न सबै निकायलाई पुनः आग्रह गरेको छ।

मिति २०८२ साउन १ गते, सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिलको बैठकले यो निर्णय गरेको र उक्त निर्णयप्रति औपचारिक जानकारी दिन विज्ञप्ति जारी गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताका लागि आफू निरन्तर प्रयासरत रहेको र आगामी दिनमा पनि समयानुकूल ऐन संशोधनसँगै पत्रकारितामा देखिने नयाँ चुनौतीहरू समाधान गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित