लालझाडीका राना हत्याकाण्डमा प्रहरीको सफलता, बेलडाँडीका रानाको अझै अन्यौल

शुनिल राना/कञ्चनपुर । कञ्चनपुरको लालझाडीका रामरेशर रानाको हत्याकाण्ड परस्त्रीसंग अवैध यौन सम्बन्धका कारण भएको प्रहरीले जनाएको छ ।

१७ बैशाख ०८२ मा लालझाडी गाँउपालिका ४ सिलकपट्टीका ३५ बर्षिया राना सडक छेउमा मृत भेटिएका थिए । ३ असार ०८२ मा कञ्चनपुर प्रहरीले राना हत्याकाण्डमा एक युवक सहित दुई युवतीलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले प्रारम्भिक अनुसन्धानबाट अवैध यौन सम्बन्धका कारण रानाको हत्या भएको खुलेको बताए ।
एसपी खत्रीले राना हत्याकाण्डमा बेलौरी नगरपालिका ४ का पुन्ना राना, लालझाडी गाँउपालिका ४ कै माया चौधरी र मानमती चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरिएको बताए ।

‘हामीले राना हत्याकाण्डमा तीन जनामाथि अनुसन्धान अघि बढाएका थियौँ, ‘एसपी खत्रीले भने, ‘सम्मानित अदालतबाट समेत पुन्नाराम रानालाई पुरपक्षका लागि जेल चलान गरिएको छ, माया र मानमतीलाई पनि जनही १÷१ लाख जरिवाना तोकिएको थियो, तिर्न नसकेपछि उनीहरुपनि जेल चलान भएका छन ।’

लालझाडीका राना हत्याकाण्डमा प्रहरीले सफलता पाएपनि बेलडाँडीका हरिकिसन राना मृत्युप्रकरणमा अहिलेसम्म उपलब्धी हासिल गर्न नसेको छैन । एसपी खत्रीले ९बैशाख ०८२ मा सडक छेउमा जलेको अवस्थामा मृत भेटिएका रानाको अनुसन्धान गरिएको बताउँदै एसपी खत्रीले छानबिनका लागि एकसय बढि व्यक्तिमाथि सोधपुछ गरिएको बताए ।

‘बेलडाँडीका राना मृत्युप्रकरणको पनि हामीले छानबिन अघि बढाएका छौँ, ‘एसपी खत्रीले भने, ‘सो मुद्दा लगायत निर्मला सहितका अन्य हत्याकाण्डका निरन्तर अनुसन्धान अघि बढाईएको बताए । कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेबारीमा आएका एसपी खत्रीले लागु औषध,चोरी तस्करी, अपराध नियन्त्रणका क्षेत्रमा सकृयता देखाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित