कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु

कैलाली:कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका १० उदासीपुर वेताल टोलकी ७० वर्षिया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न भनी गईरहेकी थिईन । शौच गर्न जाने क्रममा घरनजिकै रहेको अस्नाको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित