कैलालीमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ

कैलाली । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित दुई जना युवक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा उनीहरूलाई आफ्नै घरबाट हतियारसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए।

डीएसपी चन्दका अनुसार इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले दुबैको घरमा खानतलासी गर्दा अवैध रूपमा राखिएको दुई थान भरुवा बन्दुक फेला पारेको हो।

बरामद गरिएको हतियारसहित दुवै युवालाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित