बैतडी :बर्षासँगै आएको हावाहुरीले बैतडीको पाटन नगरपालिका–१ मा रहेको सकार स्वास्थ्यचौकीमा ठुलो क्षति पुर्याएको छ। शुक्रबार दिउँसो करिब २ बजेतिर आएको झरीसँगैको तेज हावाहुरीले सल्लाको रुख ढलेर स्वास्थ्यचौकीको चारकोठे भवनमाथि खसेको हो।
रुख खस्दा प्रयोगशालाका रूपमा प्रयोग हुँदै आएको एक कोठा पूर्ण रूपमा ध्वस्त भएको छ भने अर्को कोठामा आंशिक क्षति पुगेको छ। स्वास्थ्यचौकीका प्रमुख नरेन्द्रराज भट्टराईका अनुसार, प्रयोगशालामा रहेका सामग्री र महत्वपूर्ण कागजातहरू समेत नष्ट भएका छन्।
यसैगरी कुपोषित बालबालिकाको उपचारका लागि सञ्चालनमा रहेको ओटिसी कक्षमा समेत केही क्षति पुगेको बताइएको छ।
रुख सिधै प्रयोगशालामाथि ढल्यो, सबै सामान र कागजपत्र च्यातिएको छ प्रमुख भट्टराईले बताए। प्रारम्भिक अनुमान अनुसार स्वास्थ्यचौकीलाई झण्डै ३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
हाल प्रयोगशाला सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य सेवा प्रभावित नपार्ने गरी अस्थायी व्यवस्थामा काम भइरहेको स्वास्थ्यचौकीले जनाएको छ।





















Discussion about this post