बेलडाँडीमा दिउँसो पाटेबाघको आतङ्क, गाईको बाच्छो लगेर खायो

बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ क्याम्पटोलमा दिउँसोको समयमा पाटेबाघले गाईको बाच्छो समाएर झाडीमा लगेर खाएको छ ।

स्थानीय राजेन्द्र भट्टको गोठ नजिकै चरिरहेको बाच्छोलाई बाघले आक्रमण गरेर कालिकिच ताल आसपासको झाडीमा लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अहिले बिहान साढे १० बजेको समयमा बाघले बस्तीमै आएर आक्रमण गरेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

यसअघि पनि क्याम्पटोलकै गोपाल अधिकारीको उखुबारीमा दुई दिनअघि पाटेबाघ देखिएको थियो । बाघ देखिएपछि स्थानीय, निकुञ्ज कार्यालयका प्रतिनिधी, प्रहरी, सशस्त्र प्रहरीको टोलीले होहल्ला गरी भगाउने प्रयास गरेका थिए, तर दोस्रो दिन मात्र बाघ आफैँ अन्यन्त्र गएको थियो ।

बढ्दो बाघको गतिविधि र आक्रमणका घटनाले स्थानीयमा त्रास फैलिएको छ । उनीहरू जंगली जनावर नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग गरिरहेका छन् । बस्ती नजिक बाघको सतर्क उपस्थितिले बालबालिका, घरपालुवा जनावर र सर्वसाधारणको सुरक्षामा गम्भीर चुनौती खडा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित