भिरबाट लडेर दार्चुलाको शैल्यशिखरमा २६ वर्षीय युवाको ज्यान गयो

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मा भिरबाट लडेर एक युवाको ज्यान गएको छ।
शुक्रबार साँझ सोही वडाको मिलमिली बस्ने २६ वर्षीय सुन्दरराम लुहारको भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

स्थानीयका अनुसार उनी उक्त क्षेत्र नजिकै काम सकेर फर्किने क्रममा चिप्लिएर भीरबाट खसेका थिए।

वडा नम्बर ६ को जेबलधार भन्ने भीरबाट करिब १ सय मिटर तल खसेका लुहारको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित