माओवादी केन्द्र भीनपा १६को वडाध्यक्षमा नेगी

कञ्चनपुर । नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका १६को वडाध्यक्षमा चक्र बहादुर नेगी चयन भएका छन ।

माओवादी केन्द्र भीनपा १६को दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा नेगी सर्वसम्मत चयन भएका हुन । माओवादी युवा नेता बिरेन्द्र बिसीले सहमतीय आधारमा वडा कमिटि चयन गरिएको बताए ।

उनका अनुसार चक्र बहादुर नेगीकै अध्यक्षतामा २१ सदस्यीय वडा कमिति चयन गरिएको छ । उपाध्यक्ष दिल ब. दमाई, सचिव सागर शाही, सहसचिव भरत विष्ट, कोषाध्यष सीमा नेपाली रहेका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया नेगीको प्रमुख आथित्यमा भएको उक्त वडा सम्मेलनमा प्रदेश सदस्य बिरेन्द्र बिसी, आनन्द सिह धामी, नगर सहसचिव रमेश पार्की, सदस्य आनन्दी भट्ट, युवा नेता राजिव दमाई सहितको सहभागिता रहको थियो ।

नेकपा माओवादी केन्द्र भीनपा १६का वडाध्यक्ष चक्र बहादुर नेगीले वडामा हुने भ्रष्टाचारजन्य गतिबिधी नियन्त्रणका लागि पाटीबाट सबै पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित