छाडा चौपायाहरुलाई रेडियम बेल्ट, सडक दुर्घटनामा कमि आउने विश्वास

डिल्लीराज पन्त/कञ्चनपुर । छाडा चौपायाका कारण रातिको समयमा दिनहु जसो सडकमा भईरहेका दुर्घटना ले कतियपयले अकालमै ज्यान गुमाएका छन भने कतिपय आपांगताको जिवन वाच्न बाध्य भएका छन ।

स्थानिय तहले समेत करौडौं रकम छाडा चौपायाका नियन्त्रण गर्न खर्च गरेको भए पनी समस्या भने अझै ज्युका त्यु छ ।
छाडा चौपायाका कारण रतीको समयमा वढि दुर्घटना हुने पाईएको छ । सडक तथा राजमार्गहरुमा बथानका बथान छाडा चौपायाका हिड्ने र सवारी साधनवाट चौपायाहरु टाढा वाट नदेखिदा अचानक दुर्घटना हुदै आएका छन।

त्यस्तो अवस्थामा दुर्घटना हुन वाट जोगाउन भिमदत्त नगरका युवाहरुले छाडा चौपायाका लाई रेडियम बेल्ट लगाउने कार्य अभियानकै रुपमा अगाडि बढाएका छन ।
मंगलवार देखि भिमदत्त नगरपालिका– १२ का युवा समाजसेवी महेश जोशी र अशोक बुडापालको आर्थिक सहयोगमा पुर्व पश्चिम महेन्द्र राजमार्गको भासी ब्यारियल आसपास र मझगाउ एयरपोर्ट नजिकका छाडा चौपायाहरुलाई रेडियम बेल्ट लगाईयको छ ।

यो अभियानमा आई केयर यु कि सस्थापक मन्जु शाही,बिष्णु पनेरु,सरिता रावल, अमोल कुवर भिमदत्त नगर– १६ का वार्ड अध्यक्ष केशव बिस्ट, धर्म रक्षक हर्केश बिस्ट, भिमदत्त नगर–१२ का वार्ड सदस्य राजेन्द्र प्रसाद पन्त, समाजसेवी लक्ष्मी दत्त जोशी, गजेन्द्र मल्ल,मुकेश भारती, चक्र पाल लगायतका युवा तथा मझगाँउ प्रहरी बिटका सुरक्षकर्मिहरुको सहभागितामा कार्यक्रम भएको थियो ।
सडक छेउछाउमा रहेका गाई गोरुहरुले गर्दा दैनिक जसो सडक दुर्घटनाहरु भैरहने हुदा केही भएपनी दुर्घटना न्युनिकरण होस भन्नै उद्येश्यले कार्यक्रम गरिएको युवा समाजसेवी तथा बैजनाथ युवा जनसेवा समिति, ए्ेरीका अध्यक्ष अशोक बुढापालले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित