बेलडाँडीमा बाघको त्रास चुलिँदा, कालिकिच ताल परिसरमा स्थानीयको स्वस्फुर्त सरसफाइ

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा बाघ र चितुवाको आक्रमण दिनानुदिन बढ्दै गएपछि स्थानीयवासीले आफैं जुटेर निकुञ्ज सीमासँग जोडिएको कालिकिच ताल क्षेत्रको सरसफाइ थालेका छन् । बाघ र चितुवा झाडी तथा लामो घाँसमा लुकेर आक्रमण गर्न सक्ने भन्दै उक्त क्षेत्र फडानी गरिएको हो ।

विशेषगरी बेलडाँडी–२ स्थित कालिकिच ताल आसपासको क्षेत्रलाई केन्द्र बनाएर सञ्चालित स्वस्फुर्त सरसफाइ अभियानमा कञ्चन सामुदायिक विकास केन्द्र मातहतका समूहहरू, युवा सञ्जालका प्रतिनिधिहरू, स्थानीय बासिन्दा र निकुञ्ज सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता देखिएको छ ।

गत केही दिनयता गाउँमा बाघको गतिविधि तीव्र भएको स्थानीयले बताएका छन् । “हिजो बेलुका रामबहादुर खडकाको बाख्रो, अस्ती राजेन्द्र भट्टको गाईको बाच्छो, गाउँघरका कुकुरलगायत पाल्तु जनावरहरू बाघको आक्रमणमा परेपछि त्रास झनै बढेको कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष रोशना थापा मगरले जानकारी गराउनु भयो ।,”

उनका अनुसार बाघले जनावर मात्रै होइन, अब मानिसमाथि पनि आक्रमण गर्न सक्ने सम्भावनाले गाउँमा डर र चिन्ता थपिएको जनाए । “राज्यले अहिलेसम्म ठोस पहल नगरेपछि नागरिक तहबाट नै यस्तो प्रयास गरिएको उनले जनाइन ।,”

निकुञ्जसँग सिमाना जोडिएका घरहरू अझ बढी जोखिममा छन् । बेलडाँडी–२ की विमला ऐरी भन्छिन्, “हाम्रो घर निकुञ्जकै किनारमा पर्छ । रातभर बाघ बाहिर आएर बसेको त हो कि भनेर निद्रै लाग्दैन । यता वल्लोपल्लो घरका बालबच्चा पनि डरले एक्लै बाहिर जान सक्ने स्थिति नरहेको बताए ।”

उनले रातको समयमा उज्यालोको व्यवस्था गर्न सके सुरक्षामा केही सहजता हुने बताइन् । “निकुञ्ज किनारमा लाइटिङ्ग गरिदिने हो भने बाघजस्ता हिंस्रक जनावर उज्यालोका कारण केही डराउलान् भन्ने विश्वास रहेको बताइन ।,”

जंगली जनावरको त्रासबीच गरिएको यो अभियान जोखिमयुक्त भए पनि जनस्तरबाट सुरु गरिएको प्रयास सकारात्मक भएको स्थानीयको विश्वास छ । सरसफाइको क्रममा सुरक्षा चुनौती रहने भएकाले नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरूको साथमा सुरक्षाको विशेष प्रबन्ध मिलाइएको थियो ।

कालिकिच ताल हुँदै निकुञ्ज जोडिएको क्षेत्रमा झाडीकाट, घाँस फडानी गरी खुला पारिएको छ । स्थानीयवासीहरूका अनुसार यस्ता लुकेर बस्न मिल्ने स्थानहरू हटाइँदा हिंस्रक जनावरहरूको गतिविधिमा केही हदसम्म कमी आउनेछ भन्ने अपेक्षा गरिएको छ ।

सामान्य जनताको प्रयासले मात्र यस्तो चुनौतीपूर्ण समस्या समाधान नहुने भन्दै दीर्घकालीन रणनीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
“यो अभियानले तत्काल केहि हदसम्म राहत दिन सक्छ तर दीर्घकालीन रूपमा बाघ नियन्त्रण, निगरानी र जनसुरक्षाको नीति आवश्यक रहेको छ ।,“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित