दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा उक्लिए

काठमाण्डौ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउन्डर वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन् । पछिल्लो अद्यावधिक वरीयताअनुसार उनले एक स्थान सुधार गर्दै दोस्रो स्थानमा स्थान बनाएका हुन् ।

यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज सात स्थान खस्किएर नवौं स्थानमा झरेसँगै दीपेन्द्रले मौका पाएका हुन् । वरीयताको शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या रहेका छन् भने अफगानिस्तानका मोहम्मद नवी तेस्रो स्थानमा छन् ।

यस्तै नेपालका अन्य खेलाडीहरूमध्ये कुशल भुर्तेल ३४औं, गुल्सन झा ५८औं, रोहित पौडेल ६८औं, कुशल मल्ल ६९औं र करण केसी ८७औं स्थानमा छन् ।

टी–२० ब्याटिङ वरीयतामा भने दीपेन्द्र दुई स्थान तल झर्दै ६३औं स्थानमा पुगेका छन् । यस सूचीमा रोहित पौडेल ६७औं, आसिफ शेख ७९औं र कुशल भुर्तेल ८५औं स्थानमा छन् । ब्याटिङ वरीयताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा, दोस्रो स्थानमा अस्ट्रेलियाका ट्राभिस हेड र तेस्रो स्थानमा भारतकै तिलक वर्मा छन् ।

बलिङ वरीयतामा भने दीपेन्द्र पाँच स्थान तल झर्दै ८२औं स्थानमा झरेका छन् । बलिङमा नेपालका ललित राजवंशी ५६औं र सन्दीप लामिछाने ७६औं स्थानमा छन् । यस वरीयताको शीर्ष स्थानमा न्युजिल्यान्डका ज्याकोब डुफी, दोस्रोमा इङ्ग्ल्यान्डका आदिल रशिद र तेस्रोमा भारतका वरुण चक्रवर्ती छन् ।

आईसीसीको पछिल्लो वरीयता अद्यावधिकसँगै नेपाली खेलाडीहरूको प्रदर्शन अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली बन्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित