मेहनती नेताको सांगीतिक सौगात : रेशम चौधरीको स्वरमा टिपिकल तीजको गीत

काठमाण्डौ । राजनीतिक संघर्षको चुलोमा तातिएका रेशम चौधरी फेरि एकपटक सांगीतिक सुरमा झुल्किएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक नेता रेशम चौधरीले चर्चित गायिका मञ्जु पौडेलसँग मिलेर तीजको मौलिक गीत गाएका छन् ।

नेतृत्व क्षमता मात्र होइन, गायन प्रतिभा पनि साथमा बोकेका चौधरीले यसपटकको तीजमा आफ्नै शब्द र स्वरमार्फत समाज र संस्कृतिको सन्देश दिने कोसिस गरेका छन् । उनले हार्मोनियम आफैँ बजाउँदै गीतको भाका सुनाएको भिडियोक्लिप सार्वजनिक भइसकेको छ भने गीतको म्युजिक भिडियो पनि छायांकन सम्पन्न भई छिट्टै सार्वजनिक हुने तयारीमा छ ।

गीतमा चौधरीले नेपाली बोली, लोक जीवनका अनुभूति र तीजको पारिवारिक भावनालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् । गीतका केही आकर्षक पंक्तिहरू यसप्रकार छन् –

कस्ता होलान् गाई–भैँसी, कस्ती होली बाखरी ?
फूल पा¥यो कि पारेन काली कुखुरी ?
मान–इज्जत राख्नु प्यारी, गाको बेला माइतमा !
बेर भयो बोक पोको, हिँन साइतमा !

२०७२ सालको टीकापुर घटनापछि भूमिगत भइ राजनीतिमा सक्रिय बनेका रेशम चौधरी हाल आम माफी पाएर राजनीतिक रूपमा सक्रिय छन्। प्रतिनिधिसभाका पूर्व सांसदसमेत रहेका चौधरी सांगीतिक मोहबाट कहिल्यै टाढा भएनन् ।

उहाँको यो तीज गीतले नेपाली मौलिकता, ग्रामीण जीवनशैली र सामाजिक सन्देशलाई समेट्दै मेहनती नेताले चाहेको खण्डमा कति सकारात्मक सिर्जना गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

चौधरीको गीतप्रति सामाजिक सञ्जालमा उत्सुकता र प्रशंसा बढिरहेको छ । उनले प्रस्तुत गरेको यो सांगीतिक सौगातले तीजको माहोलमा एक पृथक स्वाद थप्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित