‘सफा नियतले घाइते चित्तल पालेका हौं’ : कृष्णपुर नगरप्रमुख ओझा

महेन्द्रनगर । चित्तल पालनबारे उठेका चौतर्फी आलोचनाबीच कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले आफूले ‘सफा नियत’ का साथ मात्र चित्तल पालेको दाबी गरेका छन्। आज सनिवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख ओझाले नगरपालिकाभित्र घाइते चित्तललाई उपचार गरेर पालिएको खुलासा गर्दै, यसको उद्देश्य कुनै अवैध कारोबार नभएर वन्यजन्तुप्रतिको समवेदना मात्र भएको स्पष्ट पारे।

ओझाका अनुसार ती चित्तल घाइते अवस्थामा भेटिएपछि पूर्व डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मौखिक जानकारी गराएर नगरपालिका भित्र सुरक्षित खोर निर्माण गरी पालन गरिएको हो। “कानुनी प्रक्रिया नपुगेको हुन सक्छ, तर हाम्रो नियतमा कुनै खराबी छैन,” उनले भने, “स्थानीयको जोडबलमा हामीले चित्तललाई बचाउने प्रयास गरेका हौं।”

तर अर्कोतर्फ, डिभिजन वन कार्यालय कञ्चनपुरले भने कृष्णपुर नगरपालिकाले वन्यजन्तु संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गरेको आशङ्कामा छानबिन सुरु गरिसकेको छ। डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार, सब डिभिजन वन कार्यालय वाणीलाई छानबिन गरी प्रतिवेदन पेश गर्न औपचारिक निर्देशन दिइएको छ।

उनले पत्रमार्फत जनाए अनुसार, नगरपालिकाले चित्तलका लागि छुट्टै खोर बनाएर विगत एक वर्षदेखि पालन गरिरहेको सूचनाका आधारमा यथार्थ बुझ्ने प्रयास थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित