बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.–१ स्थित सिद्धनाथ रामलिला समितिको पुनर्गठन शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। समितिको अध्यक्षमा जनप्रतिनिधि तथा समाजसेवी श्याम बहादुर रावल सर्वसम्मत चयन भएका छन्।
समाजसेवी एवं सिद्धनाथ आविका प्रधानाध्यापक धनसिंह महराका अनुसार पुनर्गठित २१ सदस्यीय समितिमा उपाध्यक्षमा देवसिंह ठगुन्ना, सचिवमा धनसिंह महरा, सह–सचिवमा धर्मानन्द भट्ट तथा कोषाध्यक्षमा गंगादत्त भट्ट चयन भएका छन्।
रामलिला पुनः सञ्चालन गर्न आवश्यक तयारीका लागि समितिले छुट्टै संयोजन समिति समेत बनाएको छ। संयोजकमा युवा व्यवसायी एवं धार्मिक व्यक्तित्व लोकबहादुर साउदलाई जिम्मेवारी दिइएको जनाइएको छ।
सिद्धचोकमा विगत लामो समयदेखि रामलिला प्रदर्शन हुँदै आएको भए पनि केही वर्षयता विविध कारणले यो परम्परा अवरुद्ध भएको थियो। यस वर्ष भने पुनः रामलिला जीवित राख्ने उद्देश्यसहित समितिको पुनर्गठन गरिएको हो।
रामलिला जस्ता धार्मिक कार्यक्रमहरूले समाजमा धर्म, संस्कार र सत्यताको उजागर गर्दै भगवान् रामको जीवनदर्शनबाट समाजलाई मार्गदर्शन गर्ने विश्वास लिइन्छ। समितिका पदाधिकारीहरूले परम्परा जोगाउँदै नयाँ पुस्तामा धार्मिक चेतना जगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।





















Discussion about this post