बाजुराबाट बडीमालिका मेला लक्षित सरकारी टोली डोलीसहित प्रस्थान

बाजुरा  बाजुराको प्रसिद्ध धार्मिक स्थल बडीमालिकाको वार्षिक मेलाको अवसरमा सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको उक्त टोलीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले औपचारिक सलामी अर्पण गर्दै बिदाइ गरेका छन्।

चार दिने पदयात्रा गर्दै टोली चतुर्दशीका दिन बडीमालिका मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ विशेष पूजा तथा मेलाको आयोजना हुनेछ। यस धार्मिक यात्रालाई ऐतिहासिक र सांस्कृतिक महत्त्वका रूपमा लिइन्छ।

बडीमालिका मेलामा सहभागी हुन देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको आगमन हुने गर्दछ। मेलाको क्रममा सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित