कलुवापुरमा मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अन्तर्गत कलुवापुर बजार नजिकै मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सु.प.प्र. ०२००३ प्र ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित