महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा नुहाउने क्रममा आइतबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहरा अनुसार, भीमदत्त नगरपालिका–११ की अन्दाजी ७ वर्षीया जिबिका पन्त र ६ वर्षीया सान्वी पन्त बेपत्ता भएका हुन्।

आइतबार दिउँसो महाकाली किनारमा चार बालबालिका नुहाउने क्रममा ती दुई जना हराएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित