कैलाली कारागार भएको घटनाको अनुसन्धान सुरु, मृतकका परिवारलाई पाँच लाख राहत

कैलाली । कैलाली प्रहरीले हालै कैलाली कारागारमा भएको हिंसात्मक झडपको अनुसन्धान सुरु गरेको छ । धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु र ४७ जना कैदी घाइते भएको घटनापछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, “पीडित परिवारबाट जाहेरी आएपछि हामीले अनुसन्धान थालेका छौं।” तर, घटनामा संलग्न कैदीहरूको पहिचान र आक्रमणमा संलग्नको संख्या भने अझै यकिन भइसकेको छैन ।

१७५ जनाको क्षमता भएको कैलाली कारागारमा हाल ६९९ भन्दा बढी कैदी छन्। तीमध्ये मात्र ब्लक ‘ए’ मा ३९६ कैदी रहेका छन्। यही ब्लकका कैदीहरूले ब्लक ‘बी’ का कैदीमाथि शुक्रबार राति आक्रमण गरेका थिए।

घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यसचिव एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार समितिले छानबिन सुरु गर्ने तयारी गरिरहेको छ।

कारागारमा विगत केही दिनदेखि नै कैदीबीच झगडा र कुटपिट हुँदै आएको थियो। शुक्रबार दिउँसो जिल्ला सुरक्षा समितिले दुवै ब्लकका कैदीलाई सम्झाइबुझाई मेलमिलाप गराए पनि राति विवाद फेरि उग्र बनेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले मृतक चौधरीका परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने र घाइते कैदीहरूको उपचार सरकारी खर्चमा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित