अछाममा जंगली बँदेलको आक्रमण, १६ वर्षीय बालक घाइते

अछाम :अछामको साँफेबगर नगरपालिका–१० घुघुरकोटमा जंगली बँदेलको आक्रमणबाट एक जना बालक घाइते भएका छन्।
आज दिउँसो बाख्रा चराउन बारीमा गएका १६ वर्षीय शवि महतलाई बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते महतको दाहिने खुट्टा, बायाँ तिघ्रा, बायाँ हात र अनुहारमा चोट लागेको छ। उनको बयलपाटा, अछामस्थित न्याय हेल्थ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित