गौरा पर्वको उल्लासमा बेलौरीमा तेस्रो संस्करण वडा अध्यक्ष कप भलिबल प्रतियोगिता भदौ १४ देखि सुरु हुने

बेलौरी । सुदूरपश्चिमेलीहरूको महान सांस्कृतिक पर्व गौरा–२०८२को उल्लासबीच बेलौरी नगरपालिकाको वडा नं. ९ मा तेस्रो संस्करण ‘वडा अध्यक्ष कप’ वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी भदौ १४ गते साँझ ३ बजे त्रिभुवन माविको खेलमैदानमा भव्य उद्घाटनसहित सुरू हुनेछ ।

गौरा पर्व सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी तथा अन्य समुदायबीच धार्मिक आस्था, सांस्कृतिक गौरव र सामाजिक एकताको प्रतीक मानिन्छ । देवी गौरी र महादेवको पूजासहित महिलाहरूले देउडा, गौरा गीत लगायतका परम्परागत गीत–नृत्यमा सहभागी हुने यो पर्वले पुस्तौंदेखि गाउँ–सहरलाई एकै धागोमा बाँध्दै आएको छ ।
पर्वको बेला खेलकुद, मेलापात र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ, जसले नयाँ पुस्तामा आपसी सद्भाव र खेलप्रतिको रुचि बढाउने काम गर्छ ।

आयोजक समितिका अध्यक्ष बलदेव भट्ट (बालेन) का अनुसार लागु औषध न्यूनिकरण तथा स्थानीय स्तरमा खेलाडी उत्पादनमा जाडदिने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको जनाए । प्रतियोगिता लिगकम नकआउट प्रणालीमा खेलाइनेछ । प्रत्येक टिममा ९ जना खेलाडी रहनेछन् र खेलाडीले एकै वडाको सिफारिससहित अनिवार्य ड्रेसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पुरस्कार विवरण ः प्रथमः रु. ४५,४५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीयः रु. २५,५२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीयः रु. १५,११५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

दर्ता मिति भदौ ५ गतेदेखि १३ गते साँझ ४ बजेसम्म खुला रहनेछ । दर्ता शुल्क रु. ३३ सय १ रुपैया निर्धारण गरिएको छ, जसको ५० प्रतिशत रकम दर्ता गर्दा बुझाउनुपर्नेछ । खेल तालिका भदौ १३ गते साँझ ५ बजे सार्वजनिक गरिनेछ ।

यसअघि भएका पहिलो र दोस्रो संस्करणमा स्थानीय युवाको उत्साहजनक सहभागिता देखिएको थियो । दर्शकदीर्घा खेलप्रेमीहरूले खचाखच भरिन्थ्यो र टिमहरूले रोमाञ्चक भिडन्त प्रस्तुत गर्दै स्थानीय प्रतिभालाई चम्काउने अवसर पाएका थिए ।

सचिव प्रेम चन्द ठाकरीले यस वर्षको संस्करण गौरा पर्वकै रौनकमा आयोजना हुने भएकाले अझ भव्य र ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्दै समयमै टिम दर्ता गर्न आग्रह गरेका छन् । समितिलाई खेलकुदका विषयमा सम्पर्क गर्न यी नम्बरहरु सार्वजनिक गरेका छन् । सम्पर्क नम्बरः ९८४८७४०४१७, ९८४८७८९६४२, ९८६८८९६१६२, ९८२१६५०३४८, ९८२१६१३२५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित