कञ्चनपुरमा अटो र विद्युतीय भ्यान ठोक्किँदा ४ जना घाइते

कञ्चनपुर । कृष्णपुर नगरपालिका–स्थित गजरौला चौराहा (मोहना चोक) नजिक आज अटो र विद्युतीय भ्यान एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार पूर्वतर्फ गइरहेको से.१.ह २७६३ नम्बरको अटो र पश्चिमतर्फ आइरहेको सु.प.प्र ०१ ००१ ज १७४४ नम्बरको विद्युतीय भ्यान तीव्र गतिमा आइपुग्दा ठोक्किएका हुन्। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ।

घटनाको विस्तृत विवरण र घाइतेहरूको अवस्था सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित