काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले निरङ्कुश राणा शासनविरुद्ध आवाज बुलन्द गर्दै शाहदत प्राप्त गरेका क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराए।
देउवाले मगर समुदायसहित आदिवासी, जनजातिले प्राप्त गरेका अधिकार र उपलब्धिलाई जोगाउन कांग्रेस कटिबद्ध रहेको उल्लेख गरे। साथै, आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र पेशाको संरक्षण एवं प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि सहकार्य गर्न पार्टी तयार रहेको बताए।





















Discussion about this post