बेलडाँडीमा मंगलम पाइप्स टेक्निसियन भेटघाट सम्पन्न

बेलडाँडी । गुणस्तरीय पाइप उत्पादन तथा वितरणमा परिचित मंगलम पाइप्सले बेलडाँडीका दक्ष टेक्निसियन, निर्माण व्यवसायी, घर–भवन निर्माणमा संलग्न व्यक्ति तथा डिलरहरूबीच अनुभव आदान–प्रदान र प्राविधिक जानकारी अद्यावधिक गर्ने उद्देश्यले बेलडाँडीको ग्रिन पार्कमा टेक्निसियन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

भैरवामा रहेको मंगलम पाइप्सको आयोजनामा र मालिकार्जुन ट्रेडर्स एण्ड सप्लायर्स (बेलडाँडी–२, चवन्नी बजार) को समन्वयमा भएको कार्यक्रममा “भरपर्दो नेपाली मंगलम पाइप्स” सम्बन्धी विस्तृत जानकारी दिइयो ।

कार्यक्रमबारे जानकारी दिँदै मालिकार्जुन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर तेजसिंह धामीले मंगलम पाइप्सको गुणस्तर, टिकाउपन र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर यस्तो भेटघाट आयोजना गरिएको बताए । उनका अनुसार सहभागी टेक्निसियनहरूले पाइप फिटिङ, मर्मत–सम्भार, दीर्घायु प्रयोग तथा ग्राहक सन्तुष्टिका उपायबारे आफ्नो अनुभव र सुझाव साझा गरे ।

सो अवसरमा कम्पनीका प्रतिनिधिहरूले नयाँ उत्पादन, गुणस्तरीय परीक्षणको विधि, र वातावरणमैत्री प्रविधिबारे विस्तृत प्राविधिक जानकारी प्रस्तुत गरे ।

आयोजकका अनुसार यस प्रकारको भेटघाटले टेक्निसियनहरूबीच पेशागत सम्बन्ध मजबुत गर्न, अनुभव आदान–प्रदान बढाउन र नयाँ प्रविधिमा अद्यावधिक राख्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित