रवि लामिछाने नख्खु कारागारको ‘सीआरसी’ ब्लकमा सारिए

काठमाडौं : भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई अड्डासार गरेर शनिबार ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा सारिएको छ। विगतमा यही ब्लकमा रौतहट बम विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो। आलमलाई भने उच्च अदालतले सफाइ दिएपछि थुनामुक्त गरिएको थियो।

कारागार स्रोतका अनुसार नख्खु कारागारको उक्त ब्लकमा करिब ४ सय कैदीबन्दी रहेका छन्। लामिछानेलाई भने छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको हो।

नख्खु कारागारका एक अधिकारीले जानकारी दिँदै भने, “अन्य कैदीबन्दीजस्तै उहाँले पनि सुविधा पाउनुहुन्छ। संरचनाका हिसाबले पनि भैरहवाभन्दा यहाँ सहज र सुरक्षित छ।”

लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले जेठ १६ गते नै अनुमति दिएको भए पनि तत्काल सरुवा हुन सकेको थिएन। पछि गृह प्रशासनले उनलाई नख्खु कारागार सार्ने निर्णय गरेको थियो।

आजै भैरहवाबाट काठमाडौं ल्याइएका लामिछानेलाई नख्खु कारागार पु¥याउँदा समर्थकहरूको ठूलो भीड लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित