कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले नवौँ जिल्ला अधिवेशनअन्तर्गतको प्रतिनिधि प्रथम बैठक भोलि आइतबार ममताज पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ । अधिवेशनका लागि निर्वाचित भएका ४६४ जना प्रतिनिधिहरू सो बैठकमा सहभागी हुने भएका छन् ।
नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीका उपाध्यक्ष जनकराज अवस्थीले बैठकका लागि तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रदेश कमिटी, केन्द्रीय कमिटी तथा पार्टीका विभिन्न केन्द्रीय निकायका सदस्यहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिएको जनाए ।
अधिवेशन प्रतिनिधिहरूको यो प्रथम बैठकलाई पार्टी संगठनलाई थप सशक्त बनाउन र भावी नेतृत्वको दिशा–निर्देश तय गर्न महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ । उपाध्यक्ष अवस्थीले भन्नुभयो, “पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने सवालमा यस बैठकले ठोस निर्णय गर्नेछ । साथै यसले जिल्लास्तरमा संगठनात्मक एकता र गतिशीलता थप बलियो पार्नेछ ।”
उपाध्यक्ष अवस्थीले बैठकलाई सफल बनाउन आवश्यक सबै तयारी पूरा भएको भन्दै प्रतिनिधिहरूलाई सक्रिय सहभागिताको आग्रह गर्नुभयो । उहाँले थप भन्नुभयो, “नेकपा एमालेको यस अधिवेशन प्रतिनिधि बैठक केवल आन्तरिक कार्यक्रहमात्र होइन, यसले जिल्लाको राजनीतिक वातावरणलाई समेत प्रभाव पार्नेछ ।” भोलि हुने बैठकले कञ्चनपुरमा नेकपा एमालेको आगामी यात्रा कस्तो रहनेछ भन्ने खाका कोर्ने विश्वास गरिएको छ ।






















Discussion about this post