विदेश जाने यात्रु अब अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि पुग्नुपर्ने

काठमाडौं : विदेश जाने यात्रुहरुले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि पुग्नुपर्ने भएको छ । यात्रुको अत्यधिक चापका कारण कागजात परीक्षणमा कठिनाइ भएपछि अध्यागमन विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको भीड बढ्दा अन्तिम समयमा अध्यागमन जाँचमा समस्या आउने भएकाले कडाइ गरिएको हो । शुक्रबार एयरलाइन्स कम्पनी तथा सरोकारवालासँगको छलफलपछि यो निर्णय लिइएको विभागले जनाएको छ ।

यसैबीच, रातिको समयमा हुने यात्रु चापलाई व्यवस्थापन गर्न नागरिक उड्डयान प्राधिकरणलाई उडान तालिका लचिलो बनाउन समेत आग्रह गरिएको छ ।

यात्रुसँग असुली गरेर पठाउने गिरोहको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । तत्कालीन विमानस्थल प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि नेतृत्व परिवर्तन गरी अहिले महानिर्देशकमा तिवारी र अध्यागमनमा सहसचिव नरहरि घिमिरे खटाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित