कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले नवौँ जिल्ला अधिवेशनअन्तर्गतको प्रथम प्रतिनिधि बैठक आइतबार सम्पन्न गरेको छ।
ममताज पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका योगदानकर्तामध्ये बेलडाँडीका दानसिंह सुनारसहित १३ जना कम्युनिस्ट योद्धालाई सम्मान गरिएको हो।
जिल्ला कमिटीका उपाध्यक्ष जनकराज अवस्थीका अनुसार, कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका योद्धाको योगदानलाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।
उनले भने, “पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने सवालमा यस बैठकले ठोस निर्णय गरेको छ। साथै, आन्दोलनमा सहयोग गर्ने योद्धाको योगदानप्रति कृतज्ञता प्रकट गर्दै सम्मान गरिएको हो।”
बैठकले जिल्लास्तरीय संगठनात्मक एकता, गतिशीलता र पार्टीको आगामी कार्यदिशालाई अझ सशक्त बनाउने निर्णय गरेको एमालेले जनाएको छ।


















Discussion about this post