‘टप इन्ड टी–२० सिरिज’मा नेपाल तेस्रो खेलमै पराजित

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ‘टप इन्ड टी–२० सिरिज’मा लगातार तेस्रो हार बेहोरेको छ। सोमबार बिहान डार्विनमा सम्पन्न खेलमा नेपाल मेलवर्न स्टार एकेडेमीसँग ३१ रनले पराजित भयो।

टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रनको चुनौती प्रस्तुत गर्‍यो। उसका लागि ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोगर्सले ६५ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट हात पारे भने सोमपाल कामी र शाहव आलमले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रनमै सीमित भयो। ओपनर आसिफ शेखले ४९ बलमा ५३ रनको अर्धशतक बनाए भने कप्तान रोहित पौडेलले ३३ रन जोडे। कुशल भुर्तेलले २५ रन बनाए पनि अन्य ब्याटरले खास योगदान दिन सकेनन्।

मेलवर्नका अस्टिन एनलजर्क र डफ वारेनले २–२ विकेट लिँदा आर्यन शर्मा र क्रिस होउले समान १–१ विकेट लिए।

यसअघि नेपाल सिरिजको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित