सुन तोलामा १,२०० र चाँदी १५ रुपैयाँले घट्यो

काठमाण्डौ: नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एकैदिन १,२०० रुपैयाँले घटेको छ।

आज सुन तोलाको १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने यसको मूल्य १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको भाउ पनि ओरालो लागेको छ। आज चाँदी १५ रुपैयाँले घटेर तोलाको २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलाको २ हजार ३ सय १५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित