कञ्चनपुर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक शुक्रबार पर्यटकीय तथा धार्मिक स्थल बेदकोट तालमा सम्पन्न भएको छ।
बैठकले बेदकोट नगरपालिका–३ स्थित दैजी छेला औद्योगिक क्षेत्रको निर्माणलाई द्रुत गतिमा अघि बढाउन सरकारसँग आग्रह गरेको छ। अध्यक्ष सुरेश सिंह धामीले कञ्चनपुरको विकास, समृद्धि र रोजगारीमा यस औद्योगिक क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै, कञ्चनपुरमा पर्यटनको अपार सम्भावना रहेको भन्दै बेदकोट ताल, लिङ्गा क्षेत्रलगायतका धार्मिक–पर्यटकीय स्थलको प्रचार–प्रसार र पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठकले पत्रकारलाई आचारसंहिताको पालना गर्न, सामाजिक विषयको उठान सामाजिक सञ्जालभन्दा मिडियामार्फत गर्नुपर्नेमा जोड दिएको छ। साथै, महासंघ शाखा कञ्चनपुरको भीमदत्त–१८ सालघारीस्थित कार्यालयको भवन व्यवस्थापन र भाडामा दिने विषयमा समेत निर्णय गरिएको छ।
घुम्ती बैठकसँगै अन्तक्र्रिया कार्यक्रम पनि गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बेदकोट नगर प्रमुख भोजराज बोहराले पत्रकारलाई राष्ट्रको अभिन्न अंगको रूपमा चित्रण गर्दै व्यक्तिगत, पार्टीगत वा संस्थागत प्रभावमा नपरी निस्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
“पत्रकारविनाको लोकतन्त्र अराजक हुन्छ, पत्रकार र राजनीतिक दल परिपुरक हुन्,” उनले भने। सामाजिक सञ्जालको प्रभावले मिडिया धरासायी बन्दै गएको अवस्थामा समाजका राम्रा–नराम्रा सबै विषयलाई नहिच्किचाई उठान गर्न पत्रकारहरुलाई आग्रह गरे।


















Discussion about this post