८औं बेलडाँडी खुला फुटबल प्रतियोगिता २०८२: पहिलो चरणका खेल सम्पन्न, आज देखि दोस्रो चरणका खेल सुरु

बिकाश सिंह महता/महेन्द्रनगर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा आयोजना भएको ८ औं संस्करण खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेल सम्पन्न भएका छन्।

सुदूरपश्चिमेलिहरु को महान चाड गौरा पर्वको उपलक्ष्यमा अल स्टार युवा क्लबले आयोजना गरेको ८औं संस्करण खुला नकआउट पुरुष फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो चरणका खेल सम्पन्नका साथै आज देखि दोस्रो चरण क्वाटरफाइनलका खेल सुरु हुने प्रतियोगिता संयोजक एवम् क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो।

उनका अनुसार, आज भाद्र ११ गते बाट क्वाटरफाइनलका खेल सञ्चालन हुने छन्। क्वाटरफाइनलको पहिलो खेल अल स्टार युवा क्लब “बि” र दिप ज्योती युवा क्लब “ए” बिच दिउँसो १:३० र दोस्रो क्वाटरफाइनलको खेल दिउँसो ३:३० बजे झिलमिला युवा समाज”बि” र बैबाह युवा समाज बिच प्रतिस्पर्धात्मक खेल हुने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित