सेनाको सक्रियताले देशभर अवस्था नियन्त्रणतर्फ, लुटपाटमा संलग्न ४ पक्राउ

काठमाडौं । देशैभर नेपाली सेना र अन्य सुरक्षा निकाय परिचालन भएसँगै अराजक गतिविधि नियन्त्रणतर्फ उन्मुख भएका छन्।

मिति २०८२ भाद्र २५ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको बीचमा राजधानीको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ।

यस्तै, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षाकर्मी देखेपछि भाग्दा फालिएको नेपाली रुपैयाँ २ लाख ३२ हजार ५०० र अमेरिकी डलर २५०० बरामद गरिएको सेनाले जनाएको छ। सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नालसहित हालसम्म ३२ नाल हतियार फिर्ता गरिएको छ।

यस्तै, डडेलधुरा जिल्ला कारागारबाट निस्केर भागेका कैदीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ भने काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई सुरक्षाकर्मीले सफलतापूर्वक रोक्न सक्षम भएका छन्।

नेपाली सेनाको सक्रियताका कारण देशभर अवस्था सामान्य बन्दै गएको छ। सेनाले अराजक गतिविधि नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गरिरहेको छ। सेनाको चुस्त व्यवस्थापन र सक्रियताप्रति जनसमुदायले प्रशंसा गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित