बेलौरी । बेलौरीका जेनजी युवाहरुले संविधान चोकलाई नयाँ पहिचान दिँदै ‘जेनजी चोक’ घोषणा गरेका छन् । केही वर्षअघि मात्रै नामाकरण गरिएको ‘संविधान चोक’लाई युवाहरुले आफ्नो शान्तिपूर्ण आन्दोलनको ऐतिहासिक उपलब्धीका रूपमा ‘जेनजी चोक’ बनाइदिएका हुन् ।
बेलौरीको चोकमा भेला भएका जेनजी युवाहरुले बिचुलीको खम्बामा टाँसिएको संविधान चोकको बोर्डमाथि आकर्षक ढङ्गले ‘जेनजी चोक’ लेखिएको पोष्टर चिप्काउँदै नाम परिवर्तनको घोषणा गरेका थिए । त्यसबेला उपस्थित युवाहरुमा उत्साहको लहर फैलिएको थियो ।
युवाहरुको भनाइमा, संविधान चोक नामाकरण गर्दा स्थानीयहरूसँग छलफल नगरिएकाले अबको पुस्ताको चाहना र आवाजलाई सम्मान गर्दै ‘जेनजी चोक’ राखिएको हो । उनीहरुले भने, “हामीले बुलन्द आवाजमार्फत परिवर्तन ल्याएका छौं, यो नै हाम्रो पुस्ताको जित हो ।”
स्थानीयले समेत जेनजी युवाको कदमलाई उत्साहपूर्वक हेरेका छन् । कतिपयले यसलाई पुस्तान्तरको आवाजलाई मान्यता दिने सकारात्मक अभ्यास भनेका छन् । जेनजी युवाहरुले भने यो कदमलाई आफ्नो पुस्ताको पहिचान र संघर्षको प्रतीकका रूपमा अघि सारेका छन् ।



















Discussion about this post