जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुग्यो, कोटेश्वरको भाटभटेनीमा समेत शव भेटियो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ। बुधबार काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेसँगै मृत्यु हुनेको संख्या थपिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले कोटेश्वरस्थित भाटभटेनीमा शव भेटिएको पुष्टि गरेका छन्। उनका अनुसार शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको र त्यसको पहिचान अझै हुन नसकेको छ।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा समेत डढेको अवस्थामा सात वटा शव भेटिएका थिए। ती शवहरू अस्थिपञ्जरको रूपमा भेटिएका कारण अझै पहिचान हुन सकेको छैन। ती सबै शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ।

योसँगै हालसम्म जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित