काठमाडौं : जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगेर व्यवस्थापन गर्ने काम सुरु गरिएको छ ।
सिंहदरबार परिसरमा जलेर क्षति ग्रस्त भएका सवारीसाधनहरूलाई उठाएर बीआईसीसी भवनको पूर्वपट्टी रहेको सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्न लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार मात्रै ती सवारीसाधन हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएको भन्दै मन्त्री घिसिङले तत्काल हटाउन निर्देशन दिएका थिए । घिसिङकै निर्देशनपछि सिंहदरबारमा जलाइएका सवारीसाधन हटाउने काम सुरु भएको हो ।
प्रारम्भिक तथ्यांकअनुसार, सिंहदरबारसहित काठमाडौं उपत्यकामा मात्रै जेनजी आन्दोलनका क्रममा एक हजारभन्दा बढी गाडी जलाइएका छन् ।























Discussion about this post