काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै छठ पर्वलगत्तै आन्दोलनको थालनी गर्ने घोषणा गरेका हुन्।
“हामी दशैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात–बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ,” प्रसाईँले भने, “पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन।”
उनले जेनजी आन्दोलनलाई “हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिला–मुकिला मन्त्री बनेको” आरोप पनि लगाए। साथै, कोठाभित्र बसेर सामाजिक सञ्जालमा स्टाटस लेख्ने मात्रै नभई सडकमा उत्रिने चेतावनी दिँदै उनले आन्दोलनको नेतृत्व आफैं गर्ने दृढता प्रकट गरे।
प्रसाईँले २०४७ सालको संविधान पुनस्र्थापना गर्ने लक्ष्यसहित आन्दोलन अघि बढाइने बताए।













Discussion about this post