बेलौरीमा क्षेत्र नं. १ वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु, दीपावलीको रौनकसँगै खेलमैदानमा उत्साह

विकास महता/कञ्चनपुर । बेलौरी नगरपालिकामा क्षेत्र नं. १ वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । सिद्धेश्वरी जय पृथ्वी क्लब, शिवनगरको आयोजनामा आइतबार एक भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।

कार्यक्रम क्लबकी अध्यक्ष तारा खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । मुख्य अतिथि बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरीले खेलको औपचारिक उद्घाटन गर्दै युवालाई खेलकुदले एकता र अनुशासनमा बाँध्ने बताएका थिए ।

उद्घाटन समारोहमा वडा नं. १० का अध्यक्ष सोमलाल चौधरी, नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्यौपाने, वडा खेलकुद अध्यक्ष तिर्थराज उपाध्याय, खेलाडी, खेलप्रेमी तथा समाजसेवीहरू उपस्थित थिए ।

प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ, जसमा आयोजक क्लबका २ र बाहिरी १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलहरू असोज २६ गतेदेखि कात्तिक ३ गतेसम्म सिद्धेश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा दैनिक रूपमा सञ्चालन हुनेछ ।

प्रतियोगिता संयोजक दिपेश सिंहका अनुसार विजेता टिमले १ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पुरस्कार पाउनेछन् ।

असोज २७ गते दोस्रो दिन दुई रोमाञ्चक खेलहरू हुने छन्, पहिलो खेल दिउँसो २ बजे सिद्धेश्वर जय पृथ्वी क्लब ‘ए’ र बेलौरी वडा नं. ९ बीच, त्यसपछि साँझ ४ बजे एवान स्टार बेलडाँडी र पुनर्वास–९ बीच प्रतिस्पर्धा हुनेछ ।

दिपावली तथा छठजस्ता चाडपर्वलाई मध्यनजर गर्दै आयोजित प्रतियोगिताले समाजमा उत्सव र एकताको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित