कञ्चनपुरमा आजदेखि किसानका धान खरिद सुरु

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (आइतबार)देखि किसानका धान खरिद सुरु गरेको छ। कम्पनीका शाखा प्रमुख महिकरण महराका अनुसार सरकारले तोकेको समर्थन मूल्यअनुसार कञ्चनपुरका विभिन्न स्थानमा किसानबाट धान खरिद थालिएको हो।

उनका अनुसार यस वर्ष पहिलो चरणमा ५ हजार क्विन्टल धान खरिद गर्ने योजना बनाइएको छ। “पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्दैछौँ,” महराले भने, “आवश्यकता परेमा पछि थप गर्न सकिन्छ।”

विगतका वर्षमा लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यो वर्ष लक्ष्य घटाइएको हो। गत वर्ष कम्पनीले १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर जम्मा २० प्रतिशत, अर्थात् २ हजार ९५१ क्विन्टलमात्र खरिद गर्न सकेको थियो।

आर्थिक वर्ष २०८०/८१ मा पनि खाद्य संस्थानले १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको भए पनि ३ हजार क्विन्टलमात्र खरिद भएको थियो।

यस वर्ष कम्पनीले मोटा धानको मूल्य प्रतिक्विन्टल रु ३,४६३ तोकेको छ। कृषि प्राविधिकका अनुसार कञ्चनपुरमा हाल करिब ४८ हजार हेक्टर क्षेत्रमा धानखेती गरिँदै आएको छ भने उत्पादकत्व प्रति हेक्टर ४ मेट्रिक टन रहेको छ।

धानको खरिद सुरु भएपछि किसानहरूमा केही राहतको अनुभूति देखिएको छ। उनीहरूका अनुसार सरकारले तोकेको मूल्यमा समयमै खरिद सुरु हुनु स्वागतयोग्य कदम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित