कञ्चनपुरमा ट्राफिक प्रहरी र पत्रकारबीच अन्तरक्रिया, प्रहरी निरीक्षक नाथको नेतृत्वमा सुधारको प्रतिबद्धता

कञ्चनपुर । कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले आज जिल्लाका क्रियाशील पत्रकारहरू शीत अन्तरक्रिया कार्यक्रम गरेको छ। ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक वलेन्द्र नाथले सम्हालेपछि ट्राफिक व्यवस्थापनमा सुधार र पारदर्शिता ल्याउने उद्देश्यसहित यस्तो कार्यक्रम गरिएको हो।

प्रहरी निरीक्षक नाथले कञ्चनपुरमा पहिलोपटक ट्राफिक प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दा यो आफ्नो नयाँ अनुभव भएको बताउँदै, “जिल्लाको ट्राफिक व्यवस्थालाई कानुनी रूपमा अझ प्रभावकारी र जनमैत्री बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।,”

अन्तरक्रियामा सहभागी पत्रकारहरूले पनि ट्राफिक व्यवस्थामा देखिएका चुनौती, जनचेतना अभाव र सडक सुरक्षा सुधारका सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा निरीक्षक नाथले पत्रकारहरूको उपस्थितिप्रति आभार व्यक्त गर्दै, “तपाईंहरूले निमन्त्रणा स्वीकार गरी आउनु भयो, यसले हामीलाई थप ऊर्जा दिएको छ,” भन्दै सहकार्य र संवाद निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित