तेघरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा सवारी ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको यात्रु बसले बुधबार बिहान नेपाली सेनाको ब्यारेक गेट नजिकै सडक पार गर्दै गरेकी करिब ८० वर्षीया वृद्धालाई ठक्कर दिएको हो ।

गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक वृद्धाको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन ।

बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित