बेलडाँडीका कलौनी दाजुभाइको गौरवमय यात्रा : कान्छो असई, दाई असईबाट शसस्त्र प्रहरी निरीक्षक

बेलडाँडी । “सपनाले न्याय पाएको दिन ।” यही छोटो वाक्यले बेलडाँडी गाउँपालिका–२ का दुई दाजुभाइको जीवनको सार बोल्छ ।

केही वर्षअघि नेपाल प्रहरीको असईमा नाम निकालेर देशसेवाको बाटो रोजेका रविन्द्र कलौनी आज फेरि अर्को सफलता हासिल गर्दै सशस्त्र प्रहरी निरीक्षक (APF Inspector) पदको अन्तिम नतिजामा टप १० भित्र स्थान बनाउन सफल भएका छन् । मेहनत, अनुशासन र आत्मविश्वासका धनी रविन्द्रले आफ्नो फेसबुकमा उक्त वाक्य लेख्दै जीवनको संघर्षपूर्ण यात्रालाई सम्झिएका छन् ।

उनी भन्छन्, “दूधको भारा तिर्न आएको छु आमा, पल्टनमा…
बाबाको दुःख बुझ्दै छु, रगत पसिना बगाउँदा जीवनको अर्थ थाहा पाएको छु।”

त्यो वाक्यमा संघर्ष, माया र समर्पणको कथा लुकेको छ । उनीसँगै उनका कान्छा भाई गोविन्द कलौनीले पनि कार्तिक २ गते नेपाल प्रहरीको असई (१७९ औं ब्याच) मा पासआउट भएर परिवार र गाउँको शिर उचालिदिएका छन् । यसअघि पनि गोविन्द मेहनती र अनुशासित विद्यार्थीका रूपमा चिनिन्थे ।

शिक्षकहरूले उनीहरूबारे गर्वका साथ भन्छन्, “रविन्द्र र गोविन्द सानैदेखि इमान्दार, अनुशासित र मेहनती विद्यार्थी थिए । आज उनीहरूले आफ्ना सपना र आमाबाबुको परिश्रमलाई सफलताको रूप दिएका छन् ।”

उनीहरुको पारिवारिक अवस्था सामान्य भए पनि उनीहरूको साहस असाधारण छ । सीमित साधन र ठूलो सपना बोकेर अघि बढेका यी कलौनी दाजुभाइले आज सम्पूर्ण युवाहरूका लागि प्रेरणाको नयाँ अध्याय खोलेका छन् ।

रविन्द्रले सशस्त्र प्रहरीमा टप १० भित्र स्थान प्राप्त गर्दा, गोविन्दले नेपाल प्रहरीको पासआउट कार्यक्रममा अभिभावकहरूको आँखा रसाएका थिए । त्यो क्षण केवल परिवारका लागि होइन, संपूर्ण बेलडाँडीवासीका लागि गर्वको क्षण बन्यो ।

स्थानीयहरू भन्छन्, “यी भाइहरूले देखाएका सफलता र अनुशासनले हाम्रो गाउँका सबै युवाहरूलाई नयाँ दिशा दिएको छ । मेहनत र लगनले के सम्भव हुँदैन भन्ने उनीहरूले प्रमाणित गरेका छन् ।”

आज कलौनी दाजुभाइको नामसँगै बेलडाँडी गाउँको शिर गर्वले ठाडो भएको छ । गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले यी दुई भाई बेलडाँडीका बासीका लागि प्रेणा भएको भन्दै हार्दिक बधाई तथा आगामी सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित