दार्चुलामा जंगलबाट २ थान एकनाले भरुवा बन्दुक बरामद

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ खायाकोटस्थित जंगलमा बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएका २ थान एकनाले भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

सोमबार करिब साँझ साढे ४ बजे प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको टोलीले प्राप्त गोप्य सूचनाका आधारमा खोजतलासी गर्ने क्रममा बन्दुक बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जंगलभित्र कसैले लुकाएर राखेको शंका रहेकाले बन्दुक कसले र किन राख्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित