संविधान संशोधनदेखि भ्रष्टाचार कारबाहीसम्मका मागसहित जेनजी समूहको ज्ञापनपत्र

काठमाडौँ :विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा सुशीला कार्की नेतृत्वको सरकारले प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, ठूला भ्रष्टाचार प्रकरणमा दोषीमाथि कारबाही लगायतका अपेक्षित कदम चाल्नुको साटो चुनाव केन्द्रित मात्र भइरहेको गुनासो उल्लेख गरिएको छ।

जेनजी समूहहरूका अनुसार ‘जेनजी विद्रोहको जगमा बनेको सरकार’ले केवल चुनाव गराउने एजेन्डामा सीमित हुनु स्वीकार्य छैन। उनीहरूले माग सम्बोधन गर्न सरकार असफल भए प्रधानमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने धारणा समेत राखेका छन्।

‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘२३ जेनजी एलायन्स, घाइते तथा सहिद परिवारका माग तत्काल सम्बोधन हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित