काठमाडौँ :सुन र चाँदीको मूल्य आज पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख ४३ हजार रुपैयाँ पुगेको छ। हिजो यसै अवधिमा सुनको मूल्य २ लाख ४२ हजार ३०० रुपैयाँ थियो।
यस्तैगरी, चाँदीको मूल्य पनि ३५ रुपैयाँले वृद्धि भई तोलाको ३,१८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको ३,१५० रुपैयाँमा कारोबार भइरहेको थियो।
सुन र चाँदी मा निरन्तर उतार–चढाव भइरहेको छ।













Discussion about this post