चवन्नी बजार-कान्छिबजार सडक कालोपत्रे निर्माण आजदेखि सुरु

बेलडाँडी । बेलडाँडीको चवन्नी बजारदेखि बैवाहको कान्छि बजारसम्मको बहुप्रतिक्षित सडक कालोपत्रे निर्माण आजदेखि औपचारिक रूपमा सुरु भएको छ । डिडिएल गुराँस पन्त जेभी भीमदत्त नगरपालिका-१८ र बेलडाँडी गाउँपालिका बीच मङ्सिर २२ गते (सोमबार) सम्पन्न सम्झौताअनुसार चवन्नी बजार हुदै कान्छी बजार वडा नं.२ सम्म सडक कालोपत्रे निर्माण कार्य अघि बढाएको हो ।

पालिका कार्यालयका अनुसार वडा नं. २ स्थित चवन्नी बजार हुदै कान्छी बजारसम्मको सडक निर्माण आगामी २०८३ जेठ १५ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ । पालिकाले ५ करोड ६ लाख १२ हजार ८७७ रूपैयाँको लागत अनुमानसहित ठेक्का आह्वान गरेकोमा प्रतिस्पर्धात्मक प्रक्रियामा घटाघटी हुँदाहुँदै पन्त जेभीले ३ करोड ७० लाख ९७ हजार ५७९ रुपैयाँमा ठेक्का सम्झौता हात पारेको हो । चवन्नी बजारमा लाइनिङ, लाइटिङ सहितको कालोपत्रे बन्ने भएको छ ।

सम्झौता भएको भोलिपल्टैदेखि नै निर्माण कम्पनीले काम सुरु गरेको पालिकाले जनाएको छ । तोकिएको म्यादमै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनी सक्रिय रूपमा जुटे पछि सडक निर्माण उदघाटन आजै गरिएको थियो । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले निर्माण कार्यको उदघाटन गरेका थिए । बेलडाँडीका स्थानीय लगायत वडाका वडा अध्यक्षहरु, सदस्य लगायतको उपस्थितिमा आज चवन्नी बजारबाट निर्माण कार्य शुभारम्भ गरिएको छ ।

यस्तै, चवन्नी बजारको माथिल्लो भाग हुँदै रिङरोड–गौडीमार्ग भएर वडा नं. ५, ४, ३ र १ जोड्ने अर्को महत्वपूर्ण कालोपत्रे सडक पनि निर्माण हुने भएको छ, जसले समग्र बेलडाँडीको यातायात तथा बजार पहुँचलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

यी दुवै योजनालाई अगाडि बढाउन बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको विशेष पहल र निरन्तर प्रयत्न निर्णायक बनेको बताइएको छ । पालिका प्रमुख रानाको सक्रियता र पहलपछि आवश्यक बजेट विनियोजन गर्न सफल भएको स्थानीयले सराहना गरेका छन् ।

बेलडाँडीका बासिन्दा वर्षौंदेखि प्रतीक्षा गरिएको गुणस्तरीय सडक निर्माण थालिएकोमा उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित