0
VIEWS

अनलाइन सञ्चार माध्यमबाट उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने आयोगले निर्णय गरेको हो ।

आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एम.एम. रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने छन् । यस्तै राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत भएका अनलाइन सञ्चार माध्यममा प्रचारप्रसार गर्न पाउने छन् ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार