बैतडीको खोडपे नजिक केन्द्र बिन्दु बनाएर गयो भूकम्प

बैतडी,

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा बैतडीको खोडपे नजिक केन्द्र बिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र जनाएको हो ।

सुदूरपश्चिमको बझाङ, डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

यसबारे थप विवरण आउन बाँकी छ। मंगलबार देखि सुदुरपश्चिममा निरन्तर भुकम्पको धक्का महसुस भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित